क्वारेन्टाइन भित्रै सामूहिक बलात्कार : महिला कहाँ सुरक्षित हुन्छन् सरकार ?

क्वारेन्टाइन भित्रै सामूहिक बलात्कार : महिला कहाँ सुरक्षित हुन्छन् सरकार ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  असार २, २०७७

भारतको वैंगलोरबाट आएर कैलाली स्थीत एक क्वारेन्टाइनमा  बसेकी महिला माथि सामुहिक बलात्कार भएको समाचारले मेरो मन निकै नै दुःखी अनि बिचलीत बनायो । मेरो मात्र होइन यो समाचारले संसारका महिलालाई चोट परेको छ अर्थात मन दुखाएको छ । 

 हरे ! कस्तो  विडम्बना होला, कवारेन्टाइनमा बस्दा समेत यौन पिपासुहरुले महिलालाई बाँकी राखेनन् र विवाहीत महिला पनि बलात्कारको सिकार हुनु पर्‍यो । यस्ता ‘नरभक्षी पुरुष’लाई ‘राक्षश’को संज्ञा दिए पनि कम नै हुन्छ । कैलालीको क्वारेन्टाइनमा बसेको महिलामाथि गरिएको सामुहिक बलात्कारको यो घट्नाले पुनः एकपटक महिलाको सुरक्षा माथि गम्भिर प्रश्न खडा गरिदिएको छ ।  

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट समुदाय र परिवारलाई सुरक्षित राख्नको लागि  सुरक्षित र मापदण्ड पुगेका क्वारेन्टाइन (एकान्त बास) एक मात्र उत्तम उपाय सझायो ।  यसरी निर्माण गरिएका भनिएका काठमाण्डौं बाहिरका क्वारेन्टाइनहरु धेरै नै अशुरक्षित रहेको यो प्रतिनिधिमूलक उदाहरण हो । अथवा भनौ नाम मात्रका यस्ता क्वारेन्टाइनको मापदण्ड पूरा पनि गरेका भन्ने हो ।  एउटा कोठामा ५०/६० जना बस्ने पनि क्वारेन्टाइन हुन्छ ? भन्या !  

तराईको यो गर्मी त्यसमाथि टिनले बनाइएका टहरामा एउटा कोठामा ५०/६० जनाको हुल एउटै ठाउँमा बस्दा हालत के भइरहेको होला ? हामी सहजै अनुमान लगाउन सक्छौं । कवारेन्टाइनमा बस्न बनाइएका आवास र त्यहाँको सुरक्षाको विषयलाई लिएर सर्बत्र आवाज उठिसक्दा र उठिरहँदा  पनि सरकार र सरकारी निकायले किन सुनिरहेको छैनन् ?  किन यसको व्यवस्थापनमा सुधार ल्याउन सकिरहेको छैन ?

कोरोना भइरसको संक्रमण तपाई हामी मध्ये जो कोहीलाई हुनसक्छ । यस्ले बच्चा, बुढो, गर्भवती महिला केही पनि भन्दैन । यति धेरै जोखिम भएपनि सरकार यो विषयमा कत्तिपनि गम्भीरता प्रर्दशन गर्न सकिरहेको छैन । काठमाण्डौं बनाइएका केही क्वारेन्टाइनहरु व्यवस्थित देखिए पनि उपत्यका बाहिरकाको हालत दयनीय देखिएको छ । न शौचालयको राम्रो व्यवस्था, न खानपान न सामाजिक दुरी न एकजनालाई एउट कोठाको व्यवस्था नै गर्न सकिएको छ ।

त्यसैले सरकार यस्ता घटनाहरु नदोहोरियोन् भन्ने खातिर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका कवारेन्टाइनमा ध्यान दिनु आवश्यक छ । महिलालाई सुरक्षीत स्थलमा बस्ने व्यवस्था मिलाइनु आवश्यक छ र दुःखका बेला महिलालाई बलात्कार गर्ने पुरुषलाई नांगेझार पारि कानुन बमोजिम हदैसम्मको कारबाहीलाई सिघ्र अगाडि बढाउनु जरुरी छ । सामुहिक बलात्कारमा परेकी महिलाको चित्कार सरकारले सुन्नु जरुरी छ । यस्ता पिपासुहरुलाई कारबाही गरिएन भने महिलाहरु झनै अस्रक्षित हुँदै जानेछन् सरकार । 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बनाइएका क्वारेन्टाइनमा नै बस्नु पर्ने सुझाउ दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कवारेन्टाइनमा उपर्युक्त र पर्याप्त खाना, सरसफाई, एकजनालाई एउटा कोठा उपलब्ध गराउनु पर्ने, स्वास्थको नियमित परिक्षण र उपचार हुनुपर्ने, सामाजिक दुरी कायम हुनुपर्ने, परिवारसँग कुराकानी गर्न संचारको व्यवस्था हुनु पर्ने, यथासम्भव इन्टरनेटको व्यवस्था हुनुपर्ने र समाचार र मनोरंजनको व्यवस्था मिलाउनु पने, बृद्धबृद्धा, बच्चा र अपांगता भएका व्यक्तिलाई विषेश ध्यान दिनुपर्ने उल्लेख छ । राजधानी बाहिरका कुनै पनि क्वारेन्टाइनमा यी माथिका कुनै पनि मापदण्ड पूरा गरिएका छैनन् । तर पनि त्यसलाई पनि क्वारेन्टाइन नै भनिएको छ । 

जहाँसम्म महिलाको सुरक्षाको व्यवस्था छ, महिलालाई पनि कोभिड १९ हुन सक्छ भनेर कवारेन्टाइन बनाउँदा सोंचेको समेत देखिंदैन र सर्तकत समेत अपनाएको पाइंदैन । हैन भने महिला पनि कोरोना संक्रमित हुन सक्छिन् भनेर सोचिएको भए महिलालाई बस्नको लागि सुरक्षित र महिला मैत्री हुने गरि व्यवस्था गर्न किन हिचकिचवट ?

कतिपय ठाउँमा महिलाका लागि भनेर क्वारेन्टाइन त बनाइएका छन् तर ती कवारेन्टाइनमा कतै ढोका छैनन् कतै ढोकाका चुकुल नै छैनन् । महिला महिला बस्ने क्वारेन्टाइन सुरक्षित नहुँदा महिलाहरु दिनप्रतिदिन असुरक्षित महशुस गर्नु परिरहेको छ ।  क्वोन्टाइनमा बस्दा महिलाले अनेक दुःख कष्ट, समस्या झेलीरहेका छन् । महिलाका यी समस्यालाई चाँडै नै समाधान गर्ने प्रयास नगर्ने हो भने अझै धेरै महिलाहरु ‘नरभक्षी पुरुष’बाट बलात्कृत हुनु पर्नेछ । विवाहीत महिला माथि त बलात्कार गरिएको छ र उनीहरु सुरक्षित छैनन् भने अविवाहीत महिलाहरुका लागि त झनै जोखिम बढी हुन्छ नै ।

बलात्कार गर्ने यी ‘नरभक्षी पुरुष’हरुको निन्दा जति गरेपनि कम हुन्छ । विवाहीत, अविवाहीत जोसुकै महिला देख्ने वित्तीकै आक्रमण गरिहाल्ने अथवा यौन चाहाना राख्ने यी पुरुषहरु यौन पिपासुहरु हुन् । यिनीहरुले आफना घरका आमा,दिदी, वहिनी केही पनि सौंच्दैनन् र यस्तो घृणित र निन्दनिय काम गर्छन् । हाम्रो देशमा कानून कार्यान्वयनको पाटो निकै फितलो भएका कारण पनि यस्ता जघन्य अपराधका अपराधीहरुले प्रश्य पाइरहेका छन् ।   

सरकारसँग विनम्र अनुरोध छ कि कैलालीको क्वारेन्टाइनमा बसेकी ती विवाहीत महिलामाथि भएको सामुहिक बलात्कार गर्ने पुरुषहरुको खोजी गरि कडा भन्दा कडा कारबाही गरियोस् । महिलाले क्वारेन्टाइनमा बस्दा जून किसीमको मानसिक र शारिरीक पिंडा, हिंसा, यातना, दूरव्यवहार, दुःख कष्ट झेलीन् यस्को क्षतीपूती  केही पनि हुन सक्दैन । महिलाले भोगको यातनाको असर दूरगामी हुन सक्छ । मानसिक र शारिरीक रुपमा विक्षप्त हुन सक्छिन् ।

त्यसैले सरकार यस्ता घटनाहरु नदोहोरियोन् भन्ने खातिर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका कवारेन्टाइनमा ध्यान दिनु आवश्यक छ । महिलालाई सुरक्षीत स्थलमा बस्ने व्यवस्था मिलाइनु आवश्यक छ र दुःखका बेला महिलालाई बलात्कार गर्ने पुरुषलाई नांगेझार पारि कानुन बमोजिम हदैसम्मको कारबाहीलाई सिघ्र अगाडि बढाउनु जरुरी छ । सामुहिक बलात्कारमा परेकी महिलाको चित्कार सरकारले सुन्नु जरुरी छ । यस्ता पिपासुहरुलाई कारबाही गरिएन भने महिलाहरु झनै अस्रक्षित हुँदै जानेछन् सरकार ।