राेप्नु अगावै  धानको समर्थन मूल्य ताेकियाे, प्रति क्विन्टल २ हजार ८ सय ८५

मोटा धानको मूल्य २ हजार ७ सय ३५

राेप्नु अगावै  धानको समर्थन मूल्य ताेकियाे, प्रति क्विन्टल २ हजार ८ सय ८५

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३, २०७७

काठामाडाैँ । नेपाल सरकारले धानको समर्थन मूल्य   ताेक्ने नयाँ परम्पराकाे थालनी गरेकाे छ ।  

२०७७ असार २ गते मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यसरी राेप्नु भन्दा अगावै  धानको समर्थन मूल्य तोकिएकाे हाे । यसरी  नेपालमा समर्थन मूल्य ताेकिएकाे पहिलाे प६क हाे । 

कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा सो समर्थन मूल्य तय गरिएको हो।याे  वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ।

नेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो।

संरक्षित कृषि, सुनिश्चित बचत अन्तर्गत बाली लगाउनु पूर्व नै समर्थन मूल्य तोक्ने कुरालाई कार्यान्वयन गर्दै यस वर्ष लगाइने धानको मूल्य प्रस्तावित गरिएको कृषि विकास तथा पशुपन्क्षी मन्त्रालयले जानकारी  दिएकाे छ । मन्त्रालयले तयार पारेकाे खाका अनुसनर  सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर उक्त मूल्य निर्धारण गरिएको हाे 

घनश्याम भूसाल कृषि मन्त्री भएपछि किसानलाई निश्चित नाफा (बचत) ग्यारेन्टी हुनेगरी मुख्य बाली वस्तुको न्युनतम समर्थन मूल्य तोक्ने र बजारमा बिक्री नभए सरकारले खरिद गर्ने व्यवस्था गरेर कृषिलाई संरक्षित र किसानलाई नाफा हुने वातावरण बनाउने बताउँदै आएका थिए। यो उनको योजना कार्यान्वयन हो।

यस कार्यले कृषि क्षेत्रमा ठंलाे फड्काे मार्ने विश्वास लिइएकाे छ । । क्रमश सबै मुख्य बाली वस्तुको क्रमशः खेती अघि नै न्युनतम समर्थन मूल्य तोकिने मन्त्रालयले बताउँदै आएकाे छ ।