स्थानीय तहमा नौ सय उनन्चालिस जनप्रतिनिधि रिक्त

स्थानीय तहमा नौ सय उनन्चालिस जनप्रतिनिधि रिक्त
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २९, २०७५


काठमाडौं । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ ।

१७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो । 

निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन् । कुल तीन तहका प्रमुख, ३६ वडा अध्यक्ष, ८६१ वडा सदस्य र ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ ।

०७४ को वैशाख, असार र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएको खबर नयाँ पत्रिका दैनिकमा छ ।