अमेरिकाअमेरिका बस्दै आएका युवाद्वारा जन्मभूमिलाई स्वास्थ्य सामग्री पठाए

अमेरिकाअमेरिका बस्दै आएका युवाद्वारा जन्मभूमिलाई स्वास्थ्य सामग्री पठाए

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार ३, २०७७

दैलेख । दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् । नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आउनुभएका मञ्जु,  वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका औषधि तथा पिपिइलगायत स्वास्थ्य सामग्री पठाएका हुन् ।

दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीमार्फत प्राप्त मास्क, सेनिटाइजरलगायत सामग्री वडाध्यक्ष टंकबहादुर विष्टले  मंगलबार स्वास्थ्यचौकी प्रमुख चन्द्रबहादुर विकलाई हस्तान्तरण गर्नुभयो । सोमबार ९१ जनामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमित बढेर ६२९ पुगेका छन् ।