यादव र सदाका परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख दिने प्रदेश सरकारको निर्णय

यादव र सदाका परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख दिने प्रदेश सरकारको निर्णय

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ४, २०७७

धनुषा ।  प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख रुपयाँ दिने  निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ असार ३ गते  बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिनुभएकारे छ ।

हिरासतमा निधन भएका सदा र भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यु भएका यादवको परिवारलाई सो रकम राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिएको हो ।