सुत्केरी पौष्टिक आहार बन्द,  बन्दाबन्दीमा ६८० जनालाई १३ लाख ६० हजार खर्च

सुत्केरी पौष्टिक आहार बन्द,  बन्दाबन्दीमा ६८० जनालाई १३ लाख ६० हजार खर्च

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ४, २०७७

  कास्की । पोखरा महानगरपालिकाले बन्दाबन्दी समयमा ६८० सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको  जनाएकाे छ ।

कोरोना सङ्क्रमणपछि जारी बन्दाबन्दीमा सुत्केरी माइती जान नपाउने र आफन्तसमेत भेट्न आउन नपाउने भएकाले अभिभावकीय जिम्मेवारी पूरा गर्दै महानगरले सुत्केरीलाई एकएक किलो घिउ र हर्लिक्स, एक लिटर तेल, साबुनसहित  पाँच सय उपलब्ध गराउँदै आएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगर भण्डार शाखाका रेवती भण्डारीले बन्दाबन्दीमा सुत्केरीलाई पौष्टिक तत्वका लागि १३ लाख ६० हजार खर्च भएको जानकारी दिनुभयो ।

भण्डारीका अनुसार सरकारले यही असार १ गतेदेखि लकडाउन खुकुलो बनाएसंँगै सुत्केरीको आहार वितरण अभियान बन्द गरिएकाे छ भने २०७७ जेठ ३२ गतेसम्म नाम टिपाएकाहरुलाई पौष्टिक आहार वितरण गरिने  कार्यक्रम रहेको छ ।