'आगामी आवमा केन्द्रमा ३०० र सात वटै प्रदेशमा ५० शय्याका सरुवा रोग अस्पताल बनाउने योजना रहेको छ'

'आगामी आवमा केन्द्रमा ३०० र सात वटै प्रदेशमा ५० शय्याका सरुवा रोग अस्पताल बनाउने योजना रहेको  छ'

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ४, २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताउनुभएको छ । २०७७ असार ३ गते  राष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताउनुभयो ।

मन्त्री ढकालले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताउनुभयो । ढकालका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई हजार ७२४ जनामा परीक्षण गरिएको छ । ख्मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभयो । नेपालमा हाल २२ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ ।

अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ । आज मात्र छ हजार ३७ जनामा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले कोभिड–१९ का सङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताउनुभयो ।

ढकालले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताउनुभयो । मन्त्री ढकालले हिमोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताउनुभयो । उहाँले लम्की चुहा नगरपालिका१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताउनुभयो ।

ढकालले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रोग अस्पताल बनाउने योजना रहेको उहाँको भनाइ थियो ।