डण्डीबियो प्रतियोगिता सुरु

डण्डीबियो प्रतियोगिता सुरु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २९, २०७५

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि सुरु भएको छ । 

त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो । 

नेपाल डण्डीबियो सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुनेले  १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खबर राससमा छ ।