सीमा विवादबारे  केही हाइकु

सीमा विवादबारे  केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  असार ६, २०७७


सुनौलो मौका
इतिहास रच्ने हो
(भूमि) फिर्ता लिने हो

ज्याद्रो छ पापी
थिच्नेमिच्ने बानि छ
खोजौ प्रमाण

बुलन्द बोले
विधानमा हालेर
नाकै जोगाए

युगौँ हाम्रो त्यो
खिचोला किन गर्‍यौ
कालीवारीमा

आचार तोडी 
बहिस्कार पो गरी
भारतकी ले

कस्ता मित्र हौ
धारिलो छुरा लिई
कोखैमा हान्ने

नहेप सधैँ
जिरे खुर्सानी भनी
जीब्रो जल्ला नि

झुक्न नजान्ने 
स्वाभिमानी संस्कार
हाम्रो अटल

पेचिलो बन्यो 
गुमेको पाटो माग्दा
दाजैको हठ्ले

सबैको प्यारो
जन्मभूमि नेपाल
पुख्र्यौली नासो