प्रशान्त उप्रेती | साहित्य | असार ७, २०७७
बिद्यालय बन्द भो छोरो अनपढ हुने भो भन्छिन आमा
छोरोले पहिलो प्रेम पत्र नै पो लेखेछ बन्दाबन्दि मै
सामाजिक दुरी राख , सामिप्यता नजोड भन्छन बैज्ञानिक अनि विश्व
छोरोले एक झ्याल बाट अर्को झ्यालमा पो मन जोडेछ बन्दाबन्दि मै
छोरो बेरोजगार अनि अल्छि भो भन्छन बा लकडाउनले गर्दा
छोरोले ६ महिनामा बालाई हजुरबा बन्ने पो बनाई दिएछ बन्दाबन्दि मै
देस देस बिचको सिमा बन्द गर देस भित्रै बस भन्दै छ विश्व
छिमेकीले सिमा मिचेर सडक नै पो बनाएछ बन्दाबन्दि मै
एकले अर्को लाई नछुनु भन्थे डाक्टर साप कोरोनाले गर्दा
दाजु भाई नै मारेछन कुटपिटले , अनि भेरीमा पो फालेछ्न बन्दाबन्दि मै
श्रीमतीले श्रीमान लाई माया गर्न जान्दैन बैंस गयो तेरो भन्दै थिइन अरे
पातली कान्छी श्रीमती पो घर भित्र्यायेछन् श्रीमानले बन्दाबन्दि मै
हुलमुल , बैठक ,भेटघाट नगर्नु भन्छ जनतालाई सरकार
दुइ पार्टीको एकीकरण नै पो भएछ बन्दाबन्दि मै
दस अरबको राहत बाडेको खबर हास्दै सुनाउदै थिए पीम
भोकमरी र कुपोषणले भकाभकी जनता पो मरेछन बन्दाबन्दि मै
बिना सडक दिनभर खालीखुट्टा हिड्न बाध्य छन् जनता अस्पताल पुग्न
राष्ट्रपतिलाई निवासमा १ करोडको कार्पेट पो चाहियो रे बन्दाबन्दि मै
पेरिस फ्रान्स