पहिरामा पुरिएका चालकको  मृत्यु

पहिरामा पुरिएका चालकको  मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०७७

गुल्मी । पहिराले जीप पुर्दा गम्भीर घाइते भएका  धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्कनुभएको  छ । अर्घाखाँचीको सन्धिखर्कबाट  धुर्कोट –३  हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप  शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिराले पुर्दा धुर्कोट– ३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको भने सामान्यावस्था छ ।