रासायनिक मलको प्रयोगलाई निरुत्साहन गर्न भकारो सुधार कार्यक्रम शुरु

रासायनिक मलको प्रयोगलाई निरुत्साहन गर्न भकारो सुधार कार्यक्रम शुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०७७

प्युठान । रासायनिक मलको प्रयोगलाई निरुत्साहन गर्न यहाँका कृषकका लागि भकारो सुधार कार्यक्रम शुरु भएको छ । खेतबारीमा उत्पादन बढाउन रासायनिक मल प्रयोग हुन थालेपछि ५० प्रतिशत अनुदानमा भकारो सुधार कार्यक्रम शुरु भएको हो । 

खेतबारीमा गाईभैँसीको मलको पर्याप्त प्रयोग भए उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । त्यसैले मलको व्यवस्थापनका लागि भकारो सुधार कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ९धान जोन० प्युठानका निमित्त कार्यालय प्रमुुख कृषि अधिकृत सुमन खनालले जानकारी दिनुभयो । 

धान परियोजना जिल्लामा पाँच स्थानीय तहका २४ वडामा लागु भएको छ । सो क्षेत्रका कृषकलाई भकारो सुधार कार्यक्रममा समावेश गराइएको छ । प्युठान नगरपालिकामा ७८ र माण्डवी गाउँपालिकामा २२ गरी चालु आर्थिक वर्षमा एक सय भकारो सुधार गरिएको छ । गत आवमा ४० भकारो सुधार कार्यक्रम भएको थियो । 

पशुमूत्रमा पाइने नाइट्रोजन र  पोटास बिरुवाका लागि उपयुक्त हुने भएकोले कृषक भकारो सुधार कार्यक्रमतर्फ आकर्षित बनेको कृषि अधिकृत खनालले जानकारी दिनुुभयो । उहाँले गाईभैँसीको भकारो सुुधार कार्यक्रमले रोगव्याधि कम हुने र दूधको उत्पादन बढ्ने, गोठेमलको गुणस्तर बढाउन सकिने र रासायनिक मलको परनिर्भरता कम गर्दै उत्पादन लागत कम गर्न सहयोग पुग्ने बताउनुभयो ।