लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच  जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ७, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गैंडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । 

उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नं २ विक्रममार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आज जिल्ला अदालतमा लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो ।