‘चित्त खुलोस् हृदयसँगै’ बजारमा

‘चित्त खुलोस् हृदयसँगै’ बजारमा

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २९, २०७५

काठमाडौं । आध्यात्मिक पुस्तक ‘ओपन हर्ट  ओपन माइन्ड’को नेपाली अनुवाद ‘चित्त खुलोस् हृदयसँगै’ पुस्तकको बुधबार लोकार्पण गरिएको छ ।

 

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मूल लेखक छोक्न्यी रिन्पोछे र अनुवादक सरोज धिताले पुस्तक लोकार्पण गरे । 

पुस्तकमा रिन्पोछे छोक्न्यीले आफ्नो बालकालका स्मृतिका साथै आध्यात्मिक साधनाकालको व्याख्या गरेका छन् । 

कार्यक्रममा प्रकाश सायमी, शारदा शर्मा, दुर्गालाल श्रेष्ठलगायतले पुस्तकबारे चर्चा गरेका थिए । 

पुस्तक अल्केमी पब्लिकेशनले बजारमा ल्याएको हो । पुस्तक २५९ पृष्ठको छ । 

याे पनि 

मेडिकल डाक्टरकाे चेतनायात्रा