कपिलस्तुमा १२ लाख  बिरुवा उत्पादन

कपिलस्तुमा १२ लाख  बिरुवा उत्पादन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ८, २०७७

कपिलस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले  बिरुवा उत्पादन गरेका हुन् । 

कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच लाख बिरुवा उत्पादन गरिएको जनाएका छन् । केही वर्षयता कपिलवस्तुमा वृक्षरोपणको लहर नै चलेको छ । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको राष्ट्रि«य वृक्षरोपण वर्षका लागि कपिलवस्तुमा १२ लाख बिरुवा उत्पादन गरिएको हो ।

प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रमअन्तर्गत कपिलवस्तुका विभिन्न स्थानमा रहेका नर्सरीमा फलफूल, शोभनीय, अम्रिसोसहित विभिन्न प्रजातिका बिरुवा उत्पादन भएका छन् । 

वन दशकको नारा एक व्यक्ति एक रुख, एक नगर एक उद्यान तथा एक गाउँ एक वनलाई आधार बनाएर काम गरिएकाले बिरुवाको माग अत्यधिक बढेको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । त्यस्तै गौतम बुद्ध डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख दुर्गाबहादुर कार्र्कीले वृक्षरोपण वर्ष र वन दशक  सफल पार्न यस वर्ष पाँच लाखको हाराहारीमा बिरुवा उत्पादन गरिएको बताउनुभयो ।