पाल्पामा पहिरोले   गाडी बगाउँदा तीन जनाको  मृत्यु

पाल्पामा पहिरोले   गाडी बगाउँदा तीन जनाको  मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ९, २०७७

 पाल्पा । तानसेन नगरपालिका–११मा २०७७ असार ड गते  सम्मोबार गएको पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ ।

एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले  जानकारी दिनु भएकाे ५ ।  शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको समेत जनाइएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो । ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको उहाँले बताउनुभयो । सडकमा कार र बोलेरो जीप जोखिमावस्थामा छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।