नेपाल बैंक:एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकरण

नेपाल बैंक:एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ९, २०७७

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ ।

सो बैंकको हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पूँजीबाट  एक अरब ४७ करोड १६ लाख ७२ हजार २०० रकम बराबरको एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकरण भएको हो ।

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा बोनश शेयर अभौतिकीकरण (डिम्याट) भएपछि खातामा जाने भएकाले आफ्ना शेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिकका लागि आग्रह गरिएको छ ।