जुम्लामा अर्को निर्णय नभएसम्मका लागि  निषेधाज्ञा !

जुम्लामा अर्को निर्णय नभएसम्मका लागि  निषेधाज्ञा !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७७

जुम्ला । स्वास्थ विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञ मिति २०७७ असार १० गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ९३० बमोजिम गरिएको गरिएको छ ।

यसगरी निषेधाज्ञा गरी सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । २०७७ असार १० गते बुधबार कोभिड नियन्त्रण समितिको बैठकको निर्णयानुसार र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आकस्मिक सेवाबाहेक सबै बन्दसमेत गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीको आजै सबैको स्वाब लिइएको जनाइएको छ । कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।