बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिकामा केन्द्रको निर्धारण गर्ने टुङ्गो

बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिकामा केन्द्रको निर्धारण गर्ने टुङ्गो

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७७

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुङ्गाएको छ । गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका –६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो । 

स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुङ्गो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो ।  गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ । अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट रु एक करोड ५० लाखसमेत विनियनोजन गरिएको छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो ।  यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुङ्एिको छ । इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म  टुङ्गो लाग्न सकेको छैन ।