प्याब्सनको अध्यक्षमा पुरी

प्याब्सनको अध्यक्षमा पुरी
प्याब्सनका नवनिर्वाचित अध्यक्ष टीकाराम पुरी । तस्बिर : टीकाराम पुरीको फेसबुकबाट ।

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २९, २०७५

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को अध्यक्षमा  टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । 

१४ औँ राष्ट्रिय महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्यसमेत रहनुभएका पूर्वअध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो ।

नयाँ नेतृत्वका लागि पुरी र डिके ढुंगानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरूले पहल गरेपछि सहमति भएको हो । सहमतिका लागि विधान संशोधन गरी सहअध्यक्ष पद सिर्जना गरिएको छ । अध्यक्षका अर्का प्रत्यासी ढुंगानालाई सहअध्यक्ष बनाइएको छ । 

प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य र भरतबाबु कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित हुनुभएको छ । 

सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेले रहनुभएको छ । 

प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन हुनुभएको छ । यस्तै, प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित हुनुभएको छ । 

कार्यदलका अर्का सदस्य राजेश खड्काले प्याब्सनलाई सहमति सहकार्यका रूपमा लैजान सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी गराउनुभयो । 

महाधिवेशनमा कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी भएका थिए । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।