दुई सय फाइबर ग्लास डस्टबिन हस्तान्तरण

दुई सय फाइबर ग्लास डस्टबिन हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७७

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा रु आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन आज हस्तान्तरण भएको छ ।  मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना तथा ग्लोबल आइएमई बैँक मुर्गिया शाखा, तिनाउ मिसन डेभलपमेण्ट बैैँक लिमिटेड मुर्गिया शाखा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैँक लिमिटेड मुर्गिया शाखा र मुुक्तिनाथ विकास बैँक लिमिटेड कलौनी शाखाको आर्थिक सहयोगमा डस्टबिन हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले धमिलो पानी आउने समस्याको विकल्प खोजी समाधान गर्नुपर्ने बताउनुभयो ।   सामाजिक उत्तरदायित्व बहन गरी नगरपालिकाको सामुुुदायिक सरसफाइमा जोड दिँदै बैँकहरुका तर्फबाट तीन लाख ६० हजार रुपैयाँ र मुर्गिया खानेपानीबाट चार लाख ४० हजार रुपैयाँ गरी आठ लाख रुपैयाँ बराबरको डस्टबिन हस्तान्तरण गरिएको थियो । 

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले वर्तमान समयमा सरसफाइको दायरा फराकिलो बनाउने उद्देश्यले बैँकसँग सहकार्य गरी डस्टबिन हस्तान्तरण गरेको संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।  बैँकका तर्फबाट मुक्तिनाथ विकास बैँक लिमिटेडका क्षेत्रीय प्रबन्धक गोविद अधिकारी र ग्लोबल आइएमई बैँक लिमिटेड मुर्गिया शाखाका प्रबन्धक पदमराज पोखरेलले बैँकहरुले आथिक विकाससँगै सामाजिक विकासको उत्तरदायित्व बहन गरिरहेको बताउनुभयो । 

निर्माण गरिएका फाइबर ग्लास डस्टबिन लोकमार्गको दायाँबायाँ रामबस्तीदेखि कालिकाचोकसम्म विद्युतीय खम्बामा  राखिनेछ । लोकमार्गका उत्तरदक्षिण सैनामैना नगरपालिकाको मापदण्डानुसार बनेका कालोपत्रे बाटामा समेत डस्टबिन राखिने भएको छ ।