सामाजिक वा शारीरिक दुरी सन्देशमा खोट : सद्भाव नै  खलबलाउने खालका प्रभावहरू

सामाजिक वा  शारीरिक दुरी  सन्देशमा खोट :  सद्भाव नै  खलबलाउने खालका प्रभावहरू

कोपिला पौडेल  |  दृष्टिकोण  |  असार १५, २०७७

स्वभावले नै मानिस सामाजिक प्राणी हो ।  मानव भएकै कारणले हामी एक अर्का बिच पारस्परिक सम्बन्ध कायम गर्छौ । सबैलाई माया स्नेह गर्छौ र आफूलाई पनि अरूको माया र स्नेहको जरुरत भएको महसुस गर्छौ । 

यो कुरा सानो बालकदेखि वृद्ध अवस्थासम्म लागु हुन्छ । सानो बालकले पनि आफूसँग परिचित व्यक्तिसँग नकिट रहेर  कुराकानी गर्न पाउँदा तथा आफ्ना रुचि अनुसारका कुरा सुनिदिने र प्रतिक्रिया गरिदिने व्यक्ति भयो भने प्रेम भावको अनुभूत गर्दै ज्यादै सुरक्षित महसुस गर्न पुग्छ । 

मानिसको मानवीय गुण नै अरूलाई सहयोग गर्न रमाउने, एक आपसमा मिलेर  बस्ने, अरूको भावनाको कदर गर्ने, समूहमा काम गर्न रमाउने तथा सामाजिक अन्तर्क्रियाका माध्यमबाट धेरै समस्याहरू हल गर्ने खालको हुन्छ ।

हिजोआज विभिन्न सञ्चार माध्यमहरूले तथा केही स्वास्थ्यकर्मीहरुले समेत बढी प्रयोग गर्दै आएको शब्द हो ‘सामाजिक दुरी’ कायम गरौँ भने र सन्देश प्रवाह गरिरहेको पाउँछौ । विभिन्न सञ्चार माध्यम हेर्दा, सुन्दा र पत्रपत्रिकामा पढ्दा दुःख लाग्ने गर्छ ।  किन कि अहिले हामी सबै तनावमा जीवन बिताइरहेका बेला यस्ता शब्द र सन्देशबाट भविष्यसम्म   नकारात्मक प्रभाव पर्ने सम्भावना दखिदैछ । यस विषयमा मानवशास्त्रीहरुले पनि केही समय पहिलेदेखि नै घोर आपत्ति जनाइसकेका छन् र जनाउने क्रम जारी छ ।

तसर्थ यस्ता नबुझीकन प्रयोगमा ल्याइने शब्दहरूले मानवहरूको बिचमा रहेको, रहँदै आएको र अझ आवश्यक पर्ने सामाजिक सद्भाव नै  खलबलिन सक्ने मानव शास्त्रीहरुको ठम्याई रहँदै आएको छ ।  यस्तो विषम परिस्थितिमा सामाजिक दुरीलाई निकट बनाउनु पर्छ भनेर सन्देश प्रवाह गर्नु जरुरी थियो ।  हो, भनिनु पर्ने के थियो भने शारीरिक दुरी कायम  राख्दै  सामाजिक व्यवहारहरू जस्तै एक आपसमा कुराकानी गर्ने, समस्यामा परेकालाई सहयोग गर्ने,नयाँ नयाँ सम्बन्ध स्थापित गर्ने, सामूहिक सहकार्यको वातावरण सृजना गर्ने, सामाजिक विकासका लागि अत्यावश्यक ज्ञान तथा व्यवहार सिक्ने कुरामा जोड दिने सन्देश दिन जरुरी थियो । 

तर कतिपय सन्दर्भमा प्रयोग गर्ने शब्द र  सन्देश प्रवाहले अमर्यादित व्यवहारहरूले मानिसका भावनात्मक सम्बेदंशिलातामा माथि नै आँच पुर्‍याउने सक्ने सङ्केत देखिन थालेको छ ।  तसर्थ बेलैमा यस्ता कुरालाई ख्याल राखौँ भने फुर्सदमा पक्षुताउन नपर्ने कुरा निश्चित छ । 

विधिको विडम्बना भन्नु पर्छ कोरोनाको महामारी बढी रहेकै अवस्थामा विदेशबाट आएकाहरूलाई अवहेलना गर्ने, स्वाथ्यकमीहरुलाई समेत घर भेटीहरूले घर छोड्न दबाब दिने, कोरोना सङ्क्रमितलाई करेन्ट लगाएर मारिदिनेदेखि परिवारबाट अलग्याउने जस्ता अमानवीय घटना र परिघट्नाहरु समाचारहरू दिनहुँ आइरहेका छन् । मानिसका मनोबल गिराउने खालका गतिविधिहरू तत्काल रोक्नु  अति जरुरी छ ।  सङ्क्रमितलाई देख्दैमा, उनीहरूसँग बोल्दैमा, एउटै घरमा बस्दैमा यो रोग सर्ने छैन भन्ने सन्देश दिनु जरुरी छ । उच्च सवाधानि अपनाएर बस्यौ भने केही फरक पर्दैन भनेर सन्देश दिन कुरामा सबै पक्षकाे कमजाेरी देखिन्छ ।  

असहज परिस्थितिमा कयौँ सामाजिक सद्भाव र सम्बन्ध बढाउने खालका कार्यक्रम र गतिवधिहरु दिनहुँ जस्तो भइरहेका छन् र हुनु पनि पर्दछ ।  समस्यामापरेकालाई सहयोग गर्न विभिन्न सङ्घ संस्थामा आबद्ध महानुभावहरू तथा जनप्रतिनिधिहरू राहत दिन खटिरहनु भएको छ ।  शैक्षिक सघ सङ्गठनहरूबाट पनि सबै तह र तप्काका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूका समस्याहरूलाई सम्बोधन गर्ने खालका अध्ययन अनुसन्धानहरूले निरन्तरता पाइरहेका छन् । यसै विषयमा देश विदेशका शिक्षाविद्हरूसँग भिडियो वार्तालाप भइरहेका छन् ।

 केही दिन अगाडि मात्र शिक्षक तथा शिक्षाविद्हरू को संस्था TESON ले पनि नेपालका शिक्षकको अवस्थाका बारेमा भिडियो वार्तालाप गरेको थियो ।  यसै अवसरमा प्रा.डा. सुशन आचार्यले छोटो समयमा गर्नु भएको अनुसन्धानले के देखायो भने निजी विद्यालयका शिक्षकहरूले महिनौँ देखि तलब नपाएको र पछिल्ला दिनमा जागिर पनि रहने हो कि होइन भन्ने चिन्ताले शिक्षकहरू केही  बोल्न पनि नसकेको गुनासाहरू अनुसन्धानले देखाएको थियो ।  यो ध्यान सम्पूर्ण परिवेशमा लागु हुन्छ कि हुँदैन भन्ने कुरा हेर्न त बाँकी नै छ किनकि यस विषयमा अझ गहन अध्ययन हुन जरुरी छ । अध्ययन पनि भइरहेको हुन सक्छ । आशा छ, यो र यस्ता अध्ययनहरूका नतिजाले पक्कै पनि नीतिगत तहमा स्थान पाउने  नै छन् । 

सामाजिक सद्भावलाई नै असर पर्ने अमानवीय मूल्य र मान्यतालाई केही हदसम्म सम्बोधन गर्न सरकारले राहतको प्याकेज  दिन सक्ने दृढता राख्नु जरुरी पनि छ । जसले गर्दा दुई लाखको हाराहारीमा रहेका निजी विद्यालयका शिक्षकको आत्मबल बढ्ने छ र उहाँहरूले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर भएको महसुस गर्नु हुनेछ । निजी विद्यालयमा काम गर्ने शिक्षक पनि नि यो देशको नागरिक नै हौँ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।  उहाँहरूले सामाजिक न्यायको अनुभूत गर्न पाउनु जरुरी छ । 

संयुक्त राष्ट्र सङ्घले सन् १९४८ को मानव अधिकार सम्बन्धी घोषणापत्रमा  पनि हरेक व्यक्तिलाई आफ्नो विचार राख्न पाउने, कानुनको अगाडि सबै समान हुने र यसको उपचारमा कुनै प्रकारको विभेद नहुने तथा  दबाब, यातना, अमानवीय व्यवहार, अमानवीय दण्ड, क्रूरता जस्ता व्यवहारहरू कसैमा पनि नगरिने र कसैलाई पनि दमन गर्न नपाइने यस्तै अनेकन् प्रावधानहरू उल्लेख छन् । 

तर कतिपय सन्दर्भमा प्रयोग गर्ने शब्द र  सन्देश प्रवाहले अमर्यादित व्यवहारहरूले मानिसका भावनात्मक सम्बेदंशिलातामा माथि नै आँच पुर्‍याउने सक्ने सङ्केत देखिन थालेको छ ।  तसर्थ बेलैमा यस्ता कुरालाई ख्याल राखौँ भने फुर्सदमा पक्षुताउन नपर्ने कुरा निश्चित छ ।