नुवाकोटका स्थानीय तहको  ६ अर्बको बजेट

नुवाकोटका स्थानीय तहको  ६ अर्बको बजेट

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ११, २०७७

नुवाकोट । जिल्लामा सबै स्थानीय तहले गाउँ/नगरसभा सम्पन्न गरेका छन् ।  स्थानीय तहमा बुधबार आयोजित सभामा  १२ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । 

जिल्लाका सबै स्थानीय तहमा गरी ६ अर्ब सात करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ । सबैभन्दा बढी विदुर नगरपालिकाको  एक अर्ब आठ करोड रुपैयाँ बजेट पेश भएको छ । 

त्यस्तै बेलकोटगढी नगरपालिकाको ९९ करोड ९३ लाख रुपैयाँको बजेट पेश भएको छ । गाउँपालिका शिवपुरीले ४९ करोड २५ लाख रुपैयाँ, ककनीले  ४३ करोड रुपैयाँ, दुप्चेश्वरले ४१ करोड , पञ्चकन्याले  ४० करोड ९३ लाख  रुपैयाँ, किस्पाङले ४० करोड दुई लाख रुपैयाँ, तारकेश्वरले ३९ करोड ६८ लाख रुपैयाँ, सूर्यगढीले ३८ करोड १२ लाख रुपैयाँ, लिखुले  ३७ करोड रुपैयाँ, ७८ लाख र  तादीले ३६ करोड १९ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सभामा पेश गरेका छन् ।

जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड रुपैयाँ गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केही स्थानीय तहले पारित गरिसकेका छन् भने केहीले छलफलपछि पारित गरिने जनाएका छन् । 

सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनाविरुद्ध प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ ।