सर्पको टोकाइबाट बालकको मृत्यु

सर्पको टोकाइबाट बालकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार ११, २०७७

सप्तरी । सप्तरीको राजगढ  गाउँपालिका–६ मा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताउनुभयो  ।  मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् ।

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।