बन्दाबन्दीमा पनि सडक दुर्घटना !  प्रदेश नं ५ मा मात्र ६४ को निधन

बन्दाबन्दीमा पनि सडक दुर्घटना !  प्रदेश नं ५ मा मात्र ६४ को निधन

लोकसंवाद संवाददाता  |  समाज  |  असार १२, २०७७

रुपन्देही ।  बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएको जानकारी दिइएकाे छ ।  

रुपन्देहीको बुटवलमा २०७७ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताउनुभयो ।

पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन अनुरोध गर्नु भएको थियाे ।