डिशहोमद्वारा ९ र १० को टिभीमा पढाइ सुरु, निःशुल्क 'घरैमा कक्षा'  सञ्चालनमा

डिशहोमद्वारा ९ र १० को टिभीमा पढाइ सुरु,   निःशुल्क  'घरैमा कक्षा'  सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १२, २०७७

काठमाडौँ । डिशहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि  'डिसहोमकाे घरैमा क्लास'  सञ्चालनमा ल्याएको छ ।  

कोरोना भाइरस (कोभिड- १९) महामारीका र यसको  नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण  विद्यालयहरू बन्द भएर घरमै बस्न बाध्य भएका विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेर   डिशहोमले निःशुल्क रुपमा  अध्ययन गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ ।  

 लकडाउनका कारण आर्थिकरुपमा प्रभावित  भएर डिशहोमको शुल्क बुझाउन  नसकेका ग्राहकहरूका लागि समेत  च्यानल १०० र १०१ मा कक्षा ९ र १० को अध्ययन  र अध्यापनको  सेवा सञ्चालनमा ल्याइएको डिशहोमका महाप्रबन्धक रमेश सापकोटाले  जानकारी दिनु भएको छ । 

महाप्रबन्धक सापकोटाका अनुसार  बन्दाबन्दीका कारण कारण डिशहोमका २० लाखभन्दा धेरै ग्राहकमध्ये धेरैले शुल्क बुझाएर सेवा सुचारु गर्न आर्थिक रुपमा नसकेको हुनसक्छ । यस्ता ग्राहका छोरो छोरीको अध्ययन सहज होस भनेर रिचार्ज नगरेरै पनि  अन्य सेवा अवरुद्ध भएको भए पनि च्यानल १०० र १०१ भने सञ्चालन हुने  प्रबन्ध मिलाइएको छ । 

 यो सुविधा  डिशहोमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कामका रुपमा  अगाडि बढाएको जनाएको छ ।  नेपाल सरकारले वैकल्पिक शिक्षालाई अघि बढाउने निर्णयअनुसार  २०७७ असार ८ गतेबाट टेलिभिजनबाट कक्षा ९ र १० को अध्ययन अध्यापनको सुरुवात गरिएको डिशहोमको भनाई छ ।

यसबाट रिचार्ज गर्न नसकेकै कारण डिशहोमका ग्राहक रहेकाहरूको छोराछोरीले पढ्नबाट वञ्चित हुनुपर्ने व्यवस्था  कम्पनीको  मिलाएको जनाएको छ । यसको अलावा डिशहोमले डियर वाक लर्निङ सेन्टरसँगको सहकार्यमा गत वैशाख २० गतेबाट कक्षा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूलाई विभिन्न विषयको कक्षा प्रसारण गर्दै आएको  छ ।डिशहोमका च्यानल  ११५ र ११७ मा अङ्ग्रेजी, गणित, नेपाली, विज्ञान विषयको कक्षा  निरन्तर सञ्चालन भइरहेको छ ।

डिशहोमले लकडाउन सुरु भएपछि घरमै बस्न बाध्य आफ्ना साधारण ग्राहकहरूलाई १६ वटा प्रिमियम च्यानल निःशुल्क प्रदान गर्दै आएको  र  लकडाउनका कारण घरमै थुनिन बाध्य भएका ग्राहकहरूलाई समय बिताउन सहज होस भन्ने उद्देश्यले मनोरञ्जनात्मक च्यानलहरू निःशुल्क थप गरिएको महाप्रबन्धक सापकोटाले  दाबी गर्नु भएको छ । 

त्यसबाहेक डिशहोमले रकम ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्ने आफ्ना ग्राहकलाई प्रोत्साहन गर्न २५ प्रतिशत छुटका हरेक हप्ता भाग्यशाली दुई जनालाई गोला प्रथाबाट विजेता घरी एक एक लाख रुपियाँबाट पुरस्कृत गर्दै आएको छ ।

साथै, कम्पनीले लकडाउन सुरु भएपछि लामो समयदेखि रिचार्ज नगर्ने आफ्ना ग्राहकलाई एक महिनाका लागि निःशुल्क सेवा खोलिदिएको थियो ।  सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको डिशहोमले उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्लामा सिग्नलको पहुँच  पुगेको दाबी गर्दै  आएको नेपालका टिभी सेवा प्रदायक कम्पनी हो ।