अन्द्राडीबासीलाई अमेरिकाबाट सहयोग

अन्द्राडीबासीलाई अमेरिकाबाट सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  असार १२, २०७७

बाजुरा । गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नं १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट  राहत वितरण गरिएको छ ।  लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गर्नुभएको हो । 

काठमाडौँ घर हुनुभएका शेर्पाले ९५० अमेरिकी डलर सहयोग पठाउनुभएको थियो । सो रकमबाट चामल, तेल र  साबुनका साथै  प्रतिपरिवार रु  पाँच सयवितरण गरिएको थियो ।