अभियानकर्मीद्वारा बिरुवा संरक्षण अभियानकाे थालनी

अभियानकर्मीद्वारा  बिरुवा संरक्षण अभियानकाे थालनी

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १२, २०७७

जनकपुधाम । एक अभियानकर्मीले पर्यावरण र जैविक विविधताका दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवाका विभिन्न स्थानबाट खोज र उद्धार गरी संरक्षण गर्ने अभियान थालनी गर्नुभएको छ । अभियन्ता सुरेश शर्माले पर्खाल, सडक, खेतलगायत विभिन्न स्थानमा उम्रेका पीपल, पाखर, समी र गुल्लर जस्ता बिरुवाको  संरक्षण  गर्ने अभियान थालनी गर्नुभएको हो ।

अभियानका क्रममा एक साताका अवधिमा उद्धार गरिएका आठ सय बिरुवाको स्याहारसुसार गर्न पोली ब्यागमा राखी  डिभिजन वन कार्यालय धनुषा परिसरमा रहेको वन नर्सरीमा रोपण गरिएको छ । वन नर्सरीमा रोपण गरिएका बिरुवा वृक्षरोपण गर्ने उपयुक्त भएपछि सुरक्षित स्थानमा रोपण गरिने जनाइएको छ ।

उहाँका अनुसार विभिन्न कारणले  ती  विरूवाको कटान गरिएका कारण चराको वास स्थान नष्ट हुनुका साथै चरा लोप र पर्यावरणीय समस्या देखिएको छ । ३० वटा बिरुवालाई जनकपुरधाम उपमहानगरपालिका विभिन्न स्थानमा रोपणसमेत गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा यो अभियान प्रदेश नं २ का आठै जिल्लामा थालनी गर्ने लक्ष्य राखिएको बताइएको छ ।