पहिराेमा वृद्धको शव फेला

पहिराेमा वृद्धको शव फेला

लोकसंवाद संवाददाता  |  समाज  |  असार १२, २०७७

सल्यान । यहाँ एक वृद्धको शव  पहिराेमा पुरिएकाे अवस्थामा फेला परेको छ ।  कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा  कम्मरभन्दा माथिको भागसम्म पुरिएकाे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडाँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो ।