पहिरोका कारण १५० घरधुरी जोखिममा

पहिरोका कारण १५० घरधुरी जोखिममा

लोकसंवाद संवाददाता  |  समाज  |  असार १२, २०७७

कालीकोट । कालीकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । 

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताउनुभयो । ‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उहाँले भन्नुभयो,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् ।  पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताउनुभयो । ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उहाँले भन्नुभयो, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’