अक्युपंचर, अक्युप्रेसर, फूट र बडी मसाज सहितकाे  वैकल्पिक उपचारको उचाइमा आयुष हेल्थ केयर

अक्युपंचर, अक्युप्रेसर, फूट र बडी मसाज सहितकाे  वैकल्पिक उपचारको  उचाइमा आयुष हेल्थ केयर

आशिष पौडेल  |  जीवनशैली  |  फाल्गुन ३०, २०७५

आवश्यकता, चाहना र वाध्यता एवं समयचक्रको पिसाईमा परेपछि आम मानिसको जीवन व्यस्त बनेको छ । प्रतिस्पर्धा, प्रसिद्धि र समृद्धि नै आजको युगमा सफलताको मानक बनेपछि हरेक मानिसलाई हतारो छ । ऊ उचाइमा पुग्न चाहन्छ । स्वयंले निर्दिष्ट गरेको तर कतैबाट र कसैबाट सापटी लिएको लक्ष्य पूरा गर्न ऊ उद्यत छ । उसले केवल लक्ष्य देखेको छ, आफूलाई हेरेको छैन् । उ संग समय छैन, फुर्सद छैन् । 

व्यवसायमा नैतिकता संकटमा परेपछि, व्यवसायी केवल अनि केवल पैसा देख्छ । उसलाई पनि हतारो छ । छिटो कमाउनु छ, धेरै कमाउनु छ । खाद्यान्न, तरकारी देखि पेय पदार्थसम्म सबैमा मिसावट छ, मिलावट छ । अखाद्य वस्तुले मानव जीवन जीर्ण र रोगी बनाउँदैछ । यसमा मान्छेको सफल हुने चाहनाले थपेको हतारोले तनाव आम कुरा भएको छ । मिसावटका अखाद्य वस्तुको उपभोग र थपिएको तनावले मानव स्वास्थ्यमा नराम्रो प्रभाव परेको छ । दिनानुदिन रोग र रोगीको सूचि थपिँदो छ । 

रोग र रोगीसँगै एलोप्याथी उपचारले देखा पर्ने साइड इफेक्टका कारण वैकल्पिक उपचारको विविध पद्दतिको पुनः शुरुवात भएको छ । अकुपंचर, अकुप्रेसर, बडी मसाज तथा पंचकर्म लगायतका उपचारका पद्दति पनि हाल शहरभरि देखापरेका छन् । तिनको गुणस्तर, विश्वसनियता, अनुभव, शिक्षा आदिका कारण वैकल्पिक उपचार पद्दतिका रुपमा अगाडी आएका यस्ता ‘पसल’मध्ये कुन ‘पसल’ ठीक हो छुट्ट्याउन गार्‍हो छ । उपलब्ध विकल्प मध्ये कुन सहि हो निर्णय गर्न गार्‍हो छ । 

यस मेसोका बारे बुझ्न हामी लैनचौरबाट ठमेलतर्फ मोडिँदै थियौं । ‘राइट टर्न’ निषेधित रहेको त्यहाँ पुगेपछि मात्रै थाहा भयो । केही तल पुगेर बाइक दायाँ बटारेको मात्रै, छातीमा क्यामेरा भिरेका ट्राफिक ‘सर’ले लामो प्रतिक्षा पछि बल्ल बल्ल प्राप्त गरेको ‘स्मार्ट लाइसेन्स’ लिइदिए । आफ्नो ‘स्मार्टनेस’ र ट्राफिक नियम उल्लंघन गरेको ‘पुरस्कार’ उनले पाँच सय रुपैयाँको चिट थमाएर गरे । उनको काम प्रतिको निष्ठालाई सलाम गर्दै आफ्नो हेपाहा प्रवृति प्रति सचेत हुने संकल्प पनि गरें । 

 ठमेल तिर लाग्दै गर्दा मित्र स्वामीजीको मोबाइल बज्यो । मोबाइलमा के कुरा भयो चालकलाई थाहा हुने कुरो भएन । तर उहाँले अब हाम्रो गन्तव्य ठमेल नभएर सामाखुशि भएको बताउनु भयो । कारण जान्न खोज्दा ‘ग्रेट सरप्राइज’ मात्रै भन्नु भयो ।

 सामाखुशि चोकबाट सिधा पश्चिम करिव नौसय मिटर जति भित्र गएपछि गणेश मन्दिरको छेको पारेर देब्रेतिर लागियो । करिव सय मिटर भित्र गएपछि एउटा उपचार केन्द्र देखियो । आयुष हेल्थ केयर सेन्टर नामले । 

 मेरो जिज्ञासा त शान्त भयो । तर यो सब अनौठो संयोगका बारे भने म अनभिज्ञ नै थिएँ । यदि पहिलेनै ज्ञात भएको भए कसरी संयोग हुन्थ्यो भनेर, आफैंलाई उत्तर दिएँ । 

हामीले उपचार केन्द्रका शौचालय देखि हरेक कुरा नियाल्यौं । फर्निचरदेखि साजसज्जासम्म आधुनिक र परम्परागत तथा उपचारका लागि वा अन्य कारणले आउने हरेकलाई मोहित तुल्याउने थियो । उपचारका लागि आउने विरामीको आधा विमारी त हेर्दै आनन्द आउने साजसज्जाले नै कम गर्ने खालको थियो । कुनै ‘इन्टेरियर’कै निगरानी रहे जस्तो, जिज्ञासा छँदै थियो । 

अबको समय आरामदायी सोफामा बसेर मधुर संगीतका साथ यसका बारे अनुशा सिंहसँग बातचित गर्ने र यो केन्द्र र यसले प्रदान गर्ने सेवा तथा यो चिकित्सा पद्धतिका बारे जानकारी लिई हाम्रो ‘मिशन कम्प्लिट गर्ने ।’ 

दुनियाँमा भएका यत्रा विधा छोडेर यसमै चैं किन त भन्ने प्रश्न झर्न नपाउँदै उनले मुस्कुराउँदै भनिन्, यो क्षेत्रमा मेरो झण्डै डेढ दशकको अनुभव रहेको छ । फातिमा हिलिङ सेन्टरमा मैले काम गरेको चौध वर्ष भयो । अझै पनि छु । सामाखुशि–गोंगबु क्षेत्रमा यस प्रकारको उपचार केन्द्र नभएको हुनाले मैले आफू बस्ने घरलाई नै उपचार केन्द्रको रुपमा परिणत गरेको हुँ । साथै यही क्षेत्रको आफ्नो चौध वर्ष लामो अनुभवको पनि उपयोग गरौं र विरामीका मुहारमा थोरै भएपनि खुशि दिउँ भनेर लागेको हुँ, उनले प्रष्ट पारिन् । 

डाक्टरले भोलि नै अपरेशन गर्नुपर्छ भनेका नशा च्यापिएको, ढाडर/कम्मर दुख्ने, हात खुट्टाको जोर्नीहरु दुख्ने, प्यारालाइसिस, माइग्रेन, डिप्रेशन तथा सुगर र प्रेसरका थुप्रै रोगी ठीक बनाएर ती र तीनको परिवारमा खुशि छाएको प्रत्यक्ष अनुभव गरेको हुनाले पनि मैले यो केन्द्र संचालन गरेको हुँ, उनले थपिन् । 

अक्युपंचर, अक्युप्रेसर, फूट मसाज, बडी मसाज तथा हट स्टोन थेरापीका माध्यमबाट हाल उपचार भइरहेको उनले बताइन् । अक्युपंचरले रक्त संचार प्रक्रियामा सुधार गर्ने हुनाले यसले धेरै प्रकारका रोगहरु ठीक बनाउँछ । विरामीले मात्र होइन स्वस्थ मानिसले पनि अक्युपंचर गराउँदा त्यसले स्वास्थ्यमा धेरै नै सकारात्मक प्रभाव पर्ने उनले बताइन् । स्वस्थ मान्छेका लागि भने विरामीलाई जस्तो कोर्स चाँहिदैन् । महिनामा एक दुई पटक अक्युपंचर गराउँदा त्यसले रोग लाग्न दिँदैन् । 

 पत्रिकाका अरु विज्ञापन हेर्दा त लाग्दैन कि यसबाट निको नहुने कुनै रोग छन् भन्दा उनी थप्छिन, नशा च्यापिएको, ढाड/कम्मर दुख्ने, हात खुट्टाको जोर्नीहरु दुख्ने, प्यारालाइसिस, माइग्रेन, डिप्रेशन, साइनस, थाइराइड, हड्डी खिइएको तथा सुगर र प्रेसर भने निदान मात्र नभएर पूर्ण रुपले ठीक हुन्छ र भविष्यमा दोहोरिंदैन् । प्यारालाइसिस भएको ७ देखि १० दिन भित्र आएमा करिव ९० प्रतिशत ठीक हुन्छ र आफैं हिंडडुल गर्न र शौचालय जान सक्छ । कतिपय त बाइक चलाएर हिंडिरहेका छन् । सुगर र प्रेसरको हकमा भने लामो समय लाग्ने हुनाले विरामीले झण्झट मान्छ, उनले भनिन् । 

अक्युपंचर, अक्युप्रेसर, फूट मसाज, बडी मसाज तथा हट स्टोन थेरापीका माध्यमबाट हाल उपचार भइरहेको उनले बताइन् । अक्युपंचरले रक्त संचार प्रक्रियामा सुधार गर्ने हुनाले यसले धेरै प्रकारका रोगहरु ठीक बनाउँछ । विरामीले मात्र होइन स्वस्थ मानिसले पनि अक्युपंचर गराउँदा त्यसले स्वास्थ्यमा धेरै नै सकारात्मक प्रभाव पर्ने उनले बताइन् । स्वस्थ मान्छेका लागि भने विरामीलाई जस्तो कोर्स चाँहिदैन् । महिनामा एक दुई पटक अक्युपंचर गराउँदा त्यसले रोग लाग्न दिँदैन् । 

 रोग हेरेर ९ देखि १६ दिन सम्मको कोर्स हुने गर्छ । कोही पनि एउटै मात्र रोग लिएर आएका हुँदैनन् र कम हुँदै गएपछि कोर्स पनि कम हुँदै जान्छ । अक्युपंचरका लागि डाक्टरको जाँचको ४ सय तथा दैनिक ९ सय रुपैयाँ शुल्क लिने गरेका छौं । तिर्न नसक्नेका हकमा भने निशुल्क उपचार पनि गर्ने गरेका छौं । फुट मसाज तथा बडी मसाजको भने बेग्लै शुल्क छ, उनले भनिन् ।

हाल नशा च्यापिएको, घुँडा दुख्ने र गर्दन दुख्ने समस्या लिएर आउने विरामीको संख्या बढी छ । एक दिनको उपचारमा अक्युप्रेसर, अक्युपंचर, बडी मसाज तथा हट स्टोन विधिद्वारा करिव डेढ घण्टाको उपचार अवधि हुने उनले बताइन् । अक्युपंचरमा प्रयोग हुने सुई दैनिक परिवर्तन गर्ने गरेका छौं, जुन चीनबाट लेराइन्छ र आवश्यक परेका खण्डमा हामी बिक्री वितरण समेत गर्ने गर्छौं, उनले भनिन् । 

 हेड मसाज, ब्याक मसाज, स्टिम वाथ तथा फेसियलको सुविधा समेत रहेको उनले बताइन् । साउना वाथ र शिरोधारा भने छिट्टै शुरु हुने समेत उनले भनिन् । लगानीका हकमा भने उनी खुल्न चाहिनन्, आफ्नै घर हो, गुणस्तरमा एकदमै ध्यान दिएको छु भनेर उनले भन्दै गर्दा त्यसको झल्को भने केन्द्रमा प्रवेश गरेदेखि नै देखियो ।

 यो चाइनाको परम्परागत उपचार पद्धति हो । भन्नलाई यसलाई वैकल्पिक उपचार पद्धति भनिए पनि माथि उल्लेखित विमारीहरुमा भने यो मूलधार मानिएको एलोपेथिक भन्दा सस्तो, भरपर्दो र साइड इफेक्ट विनाको पूर्ण उपचार विधि भएको हुनाले वैकल्पिक भन्दा पनि यसलाई मूल उपचार पद्धति नै भन्दा पनि खासै फरक नपर्ने उनको विचार छ । ग्रामिण स्वास्थ्य सेवा केन्द्र अन्र्तगत जया मल्टिपल कलेज दक्षिणढोकामा हाल यसको पढाई भैरहेको समेत उनले बताइन्, जसको अवधि ३ वर्षको रहेको छ ।  

यी सबै बातचित गरिरहँदा हामीले उनका शब्दमा विश्वास जताउने बाहेक अर्को विकल्प थिएन् । तर जब फर्कने बेलामा फुट मसाज गराएर जुन रिफ्रेसमेण्ट हामीले अनुभव गर्‍यौं त्यसका लागि तपाई पनि एकपल्ट जाने कि ?

अघिसम्म ट्राफिक प्रहरीको ५ सय रुपैयाँको चिटले दुखेको मेरो टाउको र चित्त दुवै शान्त भए । यस्तो अनौठो संयोग र अवसरका लागि अनुशा, आयुष हेल्थ केयर सेन्टर र स्वामीजी लाई धन्यवाद नदिई रहन सकिएन । 


    अनुशा यस सेन्टरकी मेनेजिङ्ग डाइरेक्टर हुन् । यस सेन्टरमा मोवाइल नम्बर ९८५११४५८२० तथा ल्याण्ड लाइन ०१–४३६२९०७ मा सम्पर्क गर्न सकिन्छ ।