सीताराम नेपाल | साहित्य | असार १३, २०७७
कतै छेकेर
पार्यौ नि डुबानमा
कतै मिच्या छौ
आमाको कोखो
को रहेछ सुम्पने
खोज्ने बेला भो
रगत मेरो
हो नि देशको लागि
भन्छौँ कतिले ?
स्वागत गरौँ
ठूलाका राम्रो कदम्
भूमि फिर्ता को
चढ्यो त्यो चोसो
लिम्पिया काली
निशान छाप
त्यो पाखो मेरो
प्राणसरी प्यारो छ
छोड्दे तुरुन्तै
चाहत मेरो
माटो फर्काउ छिटो
आमाको खून
किन मात्तेको
धूलो चटाइ दिम् कि
फिर्ता जाने हो
युद्ध पिपासु
अनि ठूलाको हठ
बग्ने रगत
हिंशा प्रेमी उ
लद्दाख र कास्मिर
छन् साछी आलै
राम्रो मुखले
वार्ता नगर्ने भए
हामी त छौँ नि