साधक मुमुक्षु भएर आत्मयोग गर्दा शरीरका नवद्वारहरू बन्दको सन्दर्भ

साधक मुमुक्षु भएर आत्मयोग गर्दा  शरीरका नवद्वारहरू बन्दको सन्दर्भ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार १३, २०७७

कविं पुराण मनुशासितारमणोरणीयांसमनुस्मरेद् यः ।
सर्वस्य धातारमचिन्त्यरूपमादित्यवर्णं तमसः परस्तात् ।। ९ ।।

प्रयाणकाले मनसाचलेन भक्त्यायुक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैतिदिव्यम् ।। १० ।।

अन्वय र अर्थ – यः = जुन साधक, प्रयाणकाले = मृत्यु अवस्थामा, भक्त्यायुक्तः = भक्तिले युक्त भएको छँदो, अचलेत = स्थिर, मनसा = मनद्वारा र, योगबलेन च एव = योगबलद्वारा पनि, प्राणं = प्राणलाई, भ्रुवोः = आँखिभौंको, मध्ये = वीच (भित्र) मा, सम्यक् = राम्ररी, आवेश्य = प्रवेश गराएर, कविं = सर्वज्ञ, पुराणं = अनादि, अनुशासितारं = सम्पूर्ण जगत्का शासक, आणोरणीयांसं = सूक्ष्म भन्दा पनि सूक्ष्म, सर्वस्य = सबैका, धातारं = धारण–पोषण गर्ने, अचिन्त्यरूपं = कसैद्वारा पनि रूपको चिन्तन गर्न नसकिने, तमसः = अज्ञानरूप मोहभन्दा, परस्तात् = पर, आदित्य वर्णं = सूर्यको जस्तो प्रकाशमय वर्ण भएका परमेश्वरलाई, अनुस्मरेत् = चिन्तन गर्दछ,सः = त्यो साधक, तं =  त्यस, दिव्यं = चेतनात्मक, परं = परम, पुरुषं = पुरुषमा, उपैति = प्राप्त हुन्छ ।

भावार्थ – जो साधक मरणकालमा भक्ति युक्त भएर स्थिर मन तथा योगबलद्वारा प्राणलाई भ्रूको वीचमा राम्ररी  प्रवेश गराएर सर्वज्ञ, अनादि, नियन्ता, सूक्ष्म भन्दा पनि सूक्ष्म, सकलका धारणकर्ता अचिन्त्यरूप, मोहान्धकारभन्दा पर, आदित्य वर्ण प्रकाश स्वरूपलाई स्मरण गर्न सक्छ, सोही साधक दिव्य परमपुरुषमा प्राप्त हुन्छ ।

विशिष्टार्थ – प्रयाणकालमाभक्तियुक्त भएर स्थिर मन र योगबलद्वारा प्राणलाई दुबै भ्रूको ठीक वीचमा राम्ररी  प्रवेश गराएर कवि, पुराण इत्यादि रूप स्मरण गर्नाले सोही 'परम पुरुष दिव्य' लाई प्राप्त गरिन्छ अर्थात् (१) भक्ति (२) योगबलद्वारा प्राणलाई भ्रूको मध्यभागमा प्रवेश गराउनु, र (३) मामनुस्मरन् – यी तीन उपायले नै भगवान् प्रयाणकालमा ज्ञेय हुनुहुन्छ ।

यो जुन पुरुष हो, उही 'कवि' हो । त्यस पुरुषलाई हेर्दा निमेष मात्रमा उसबाट अनन्त प्रकारको तेजोमय प्रकाश बाहिर आउँछ । कहाँबाट आउंछ कसरी आउंछ कति आउंछ त्यो संझन सकिदैन, अथवा एक पदार्थ एक पटक जे आउंछ फेरि अर्को पटक देखिदैन, केवल नयां नयां दृश्यको आविर्भाव; जे देखिएकोछ त्यही देखिएको छ, यसलाई संझाउन बुझाउन सकिन्न, अतः त्यो नयां नयां दृश्यको आविर्भाव गर्नेलाई कवि भन्दछन् ।

'पुराणं' – अनादिसिद्ध, चिरन्तन, अर्थात यस पुरुषमा  भूत– भविष्यत् काल विभाग छैन, केवल वर्तमान मात्र विद्यमान छ । साधकले किञ्चित परिश्रमका साथ क्रिया गर्नाले नै यो विश्वेश्वर हरिको दर्शन पाउंछन् अतः 'पुराण' भनिएको हो । हे अर्जुन ! आज तिमीले उसलाई जे जस्तो देख्दछौ, कहिल्यै कसैले देखेन वा देखोइन यस्तो हुँदैन, काम गर्ने जो हुन्छ उसैले देख्ने छ ।

'अनुशासितारं'- यो पुरुष नै विश्वको नियन्ता हो । यस पुरुषका आँखासंग आँखा मिलाएर हेर्दा पुरुषले आपूmलाई एक टक लगाएर हेरिरहेको जस्तो लाग्छ । जसै आँखा झिमिक्क हुन्छन् त्यस पुरुषलाई आवरण शक्तिले ढाक्दछ, किन्तु पुरुष एक दृष्टिले साक्षी स्वरूप त्यहीं रहेर हेरिरहको हुन्छ । जब मानिसले  असल खराब (पुण्य वा पाप) कर्म गर्दछ, पलहीन चक्षुले त्यस पुरुषले हेरिरहेको हुन्छ । मनुष्यको दृक् शक्तिलाई प्रकृतिले ढाकिदिन्छ परन्तु, त्यस पुरुषलाई प्राकृतिक आवरणले केही गर्न सक्दैन, अतः त्यो पुरुष नियन्ता हो ।

'अणोरणीयांसं' – ऊ अणुभन्दा पनि सानो सूक्ष्म भन्दा पनि सूक्ष्म छ । यो जुन पृथ्वीको अणु देखिन्छ त्यस पृथ्वीको एक अणुभित्र जलका दस अणु हुन्छन्, त्यस्तै जलको एक अणुभित्र तेजका दस अणु हुन्छन्, तेजको एक अणुभित्र वायुका दस अणु र वायुको एक अणुभित्र आकाशका  दस अणु हुन्छन् । अतएव भूतहरू मध्ये आकाश भन्दा सूक्ष्मभूत अरू कुनै छैन । यस आकाशको एक अणुभित्र दश ब्रम्हाणु रहन्छन् । अतः म भन्दछु यो पुरुष इन्द्रियहरूद्वारा ग्रहणीय छैन । मन इन्द्रियहरूको राजा हो । जबसम्म मन रहन्छ तबसम्म त्यस पुरुषको दर्शन हुँदैन, त्यसकारण उपदेष्टाले यस पुरुषलाई अणु भन्दा पनि सूक्ष्म भनेर निर्देश गरेका छन् । साधक जब स्थूलातिस्थूल पृथ्वीको अणुबाट उत्तर गति लिएर जल, तेज, वायु, आकाश भन्दा पनि सूक्ष्म ब्रम्हाणुलाई आक्रमण गर्दछन् तबमात्र उसको अनुचिन्तन हुन्छ ।

त्यस ध्वनिको उत्पत्ति हुन्छ, त्यसकै साथ साथै गन्ध ज्ञान, रस ज्ञान, रूपज्ञान, स्पर्शज्ञान, शब्दज्ञान मेटिएर एक अभूतपूर्व, अश्रुतपूर्व श्रुति आउने छ । त्यस श्रुतिको ठीक मध्यभागबाट एक अदृष्टपूर्व ज्योति देखिनेछ, त्यस ज्योतिभित्र भवसागरमा घुमिरहने मनले संकोचतालाई परित्याग गरेर विस्तृत विष्णुपदमा व्याप्यव्यापकताशून्य भएर विलय प्राप्त गर्ने छ । यस प्रकारको अवस्था लाभ गरेर देह छोडेर जाँदा परमागतिको प्राप्ति हुन्छ । यस उपदेशलाई जसले श्री श्री सद्गुरुचरणमा आफ्नो शिर राखेको छ उसैले जानेको छ ।

'सर्वस्यधातारं' – सबैका धारण कर्ता । जब साधकले आकाशको अणुलाई परित्याग गरेर ब्रम्हाणुलाई आक्रमण गर्दछ, तब त्यो निर्विकार साक्षी स्वरूप बनेर पुरुषपदमा प्राप्त हुन्छ, अनि यस पार्थिव अणुदेखि लिएर जगदीश्वरी माया पर्यन्त जे जस्तो विस्तार छ ती सबैको नै धाता (धारक)  भनेर आत्मा (आफू) लाई प्रत्यक्ष गर्दछ । अतः यस पुरुषलाई 'सर्वस्य धाता' भनिएको हो ।

'अचिन्त्यरूपं' – यो रूप चिन्ता गरेर प्राप्त हुन सक्दैन; किन कि कृतकर्मलाई सोच्नु नै चिन्ता हो । कृतकर्मभित्र यो पुरुष छैन । जे जस्तो कर्म हो ठीक त्यसको माथि यो पुरुष छ । अतः यो 'अचिन्त्य रूपंं' हो ।

'आदित्य वर्णं'– जसै साधकले आकाशको अणुलाई परित्याग गरेर ब्रम्हाणुलाई आक्रमण गर्छ अनि मात्र प्रकाशमय आदित्यरूप सूर्य सदृश दीप्तिशाली (फल स्वरूप मनोबुद्धिको अगोचर) निजबोधरूप भास्वर यस पुरुषमा आउंछन् ।यस पुरुषमा उही आएको हुन्छ जुन साधकको मत्र्यलोकको साधनाको शेष सीमा हो । यहांबाट फर्केरफेरि पार्थिव अणुमा नजानु नै  'युक्तावस्था'  हो । साधक त्यो पुरुषमा पुग्नुभन्दा पहिले होशियार बन्नु उचित छ । यसो भएमा नै फेरि पुनरावृत्ति हुँदैन । जब आकाशको अणु परित्याग गरेर ब्रम्हाणुमा जाने हुन्छ तब पूर्व–पूर्व श्लोक कथित क्रमानुसार आज्ञाचक्रमा आउनाले नै मन र प्राण साथसाथै त्यस पुरुषाभिमुखमा लक्ष्य गर्दछन्, त्यसकारण अचल, अटल स्थिर हुन्छन् । यस अवस्थामा क्रियाशील प्रकृति निष्क्रिय ब्रम्हमिलनमा सचेष्ट हुन्छे, यसबाट माया–ब्रम्हको संयोग प्रारम्भ हुन्छ । जस्तो – गंगाको वेगले सागरमा पुगेर विस्तारै विस्तारै प्रशान्त मूर्ति धारण गरेर सागर हुन्छ, त्यस्तै जब जीवभाव प्राकृतिक लीलामय पीठबाट खेललाई उठाएरशिवभावको पीठमा घुमेर बस्दछ, तत्क्षणात् त्यो पुरुष बन्दछ । जबसम्म प्राण वायु भ्रूमध्यबाट उठेर आज्ञाचक्रलाई भेदन गर्दैन तबसम्म मात्र चंचलता रहन्छ, जब आज्ञाचक्र भेद गरेर माथि पुग्छ तत्क्षणात् निष्कामताको प्रारम्भ हुन्छ र यो अवस्थाको प्राप्तिहुन्छ ।

    यदक्षरं वेदविदो वदन्ति
    विशन्ति यद् यतयो वीतरागाः ।
    यदिच्छन्तो ब्रम्हचर्यं चरन्ति
    तत्ते पदं संग्रहेण प्रवक्षे ।। ११ ।।

अन्वय र अर्थ – वेदविदः = वेदको अर्थ जान्नेहरू, यत् = जसलाई, अक्षरं = अविनाशी, वदन्ति = भन्दछन्, बीतरागाः = आशक्ति रहित, यतयः = संन्यासीहरू, यत् = जसमा, विशन्ति = प्रवेश गर्दछन्, यत् = जुन अक्षरलाई, (ज्ञातुं = जान्नका लागि), इच्छन्तः = इच्छा गर्नेहरू, ब्रम्हचर्यं = ब्रम्हचर्य ब्रत, चरन्ति = पालन गर्दछन्, तत् पदं = त्यो  अक्षर  नामक  पदको (प्राप्त्युपायं = प्राप्तिको उपाय), ते (तुभ्यं) = तिमीलाई, संग्रहेण = संक्षेपले, प्रवक्ष्ये = बताउनेछु ।

भावार्थ – वेदवेत्ताहरू जसलाई अक्षर भन्दछन् अनुरागविहीन यतिहरू जसमा प्रवेश गर्दछन्, जसलाई जान्नका लागि इच्छुक भएर साधकहरू ब्रम्हचर्यत पालन गर्दछन्, त्यस पदको (प्राप्तिको उपाय) म तिमीलाई संक्षेपले बताउनेछु ।

विशिष्टार्थ – जसले वेद पढेनन् ती सबै इतर हुन्, वेद पढेका छन् तर वेदको अर्थ जानेनन् तिनीहरूलाई भद्र भन्दछन्, जसले वेद पढेको छ र श्रीगुरुदेवको कृपाले वेदार्थको परिज्ञान लाभ गरिसकेको छ उसैलाई वेदविद् भनिन्छ ।

वेदको अर्थ हो ज्ञान । यस ज्ञानलाई जसले जानिसकेको छ उसलाई बुध वा 'ज्ञ' भन्दछन् । ती बुधहरू जसलाई अक्षर ब्रह्म भन्दछन् यत्न गरेर यतिलाई वीतरागी (अनुरागविहीन) भएर अर्थात् द्वन्द्वविमुक्त बनेर जुन अक्षरलाई प्रत्यक्ष गर्दछन् वा जुन अक्षरमा प्रवेश गर्दछन्,इच्छाको अन्त अर्थात् शेष गरेर जुन ब्रम्हमा चरण गरेर योगीहरू ब्रम्हचारी हुन्छन् त्यो पदनै 'तत् पद' वा विष्णुको परम पद हो । कसरी त्यो पद संग्रह गर्नु पर्छ अर्थात् लिनु पर्छ भन्ने कुरा आउने श्लोकमा बताइन्छ ।

    सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
    मूध्न्र्याधायात्मनः प्राणमास्थितो योगधारणाम् ।। १२ ।।

    ओमित्येकाक्षरं ब्रम्ह व्याहरन् मामनुस्मरन् ।
    यः प्रयाति त्यजन् देहं स याति परमां गतिम् ।। १३ ।।

अन्वय र अर्थ – यः = जुन साधक, सर्वद्वाराणि = समस्त इन्द्रियहरूलाई, संयम्य = संयम गरेर, मनः च = मनलाई पनि, हृदि = हृदयकमलमा,निरुध्य = निरुद्ध गरेर, आत्मनः = आप्mनो, प्राणं = प्राणलाई, मूध्र्नि = मस्तकमा, आधाय = स्थापित गरेर, योगधारणां = योगधाराणामा, आस्थितः (सन्) = प्रवृत्त भएको छँदो, ॐ इति = ॐ यो, एकाक्षरं = एकाक्षर, ब्रम्ह = ब्रम्हमन्त्र, व्याहरन् = उच्चारण गर्दै, मां = मलाई, अनुस्मरन् = स्मरण गर्दै गर्दै,  देहं = शरीरलाई, त्यजन् = त्याग गर्दो छँदो, प्रयाति = जान्छ, सः = त्यस्तो व्यक्ति, परमां = परम, गतिं = गतिमा, याति = प्राप्त हुन्छ ।

भावार्थ – जसले सम्पूर्ण इन्द्रियद्वारलाई संयत गरेर मनलाई हृदयमा निरुद्ध गरेर योग धारणा अवलम्बन गरेर आनो प्राणलाई मस्तकमा स्थापन गरेर ॐ यस एकाक्षर ब्रम्हमन्त्रको उच्चारण  गर्दै  गर्दै तथा मलाई स्मरण गर्दै गर्दै देह त्याग गर्दछ, ऊ परमगतिमा प्राप्त हुन्छ ।

विशिष्टार्थ – जब साधक मुमुक्षु भएर आत्मामा आत्मयोग गर्न जान्छ, तब उसले शरीरका नवद्वारहरू संयत गर्नु पर्छ । आसन बांधेर बस्दा दुबै गोडाका कुर्कुच्चाहरूद्वारा गुह्य र लिङ्गलाई निपीडित गर्नु पर्दछ, दुबै हातका बुढिऔंलाले दुबै कान, चोरऔंलाहरूले दुबै आँखा, अनमिकाहरूले दुबै ओठ, मध्यम औंलाहरूले नाकका प्वालहरु राम्ररी बन्द गर्नु पर्छ यसो गरेमा मात्र सर्वद्वार संयम गर्नु हुन्छ । यस अवस्थामा मन प्राण हित हृदयमा अड्किन्छ, अनि आफ्नो उत्पत्तिस्थान बुद्धिलाई लक्ष्य गरेर भ्रूमध्यमा पुग्दछ, प्राण पनि चलच्छक्तिरहित हुन्छ। यसरी  सर्वद्वारलाई  संयम गरेर 'ॐ' यो एकाक्षरी ब्रम्ह अर्थात् प्रणवको अवलबन गर्नु पर्दछ । (प्रणव – प्र+णक्+व; प्र = प्रकृष्ट पूर्वक, णक् = आत्मा, व = शून्य अर्थात् प्रकृष्ट पूर्वक देहात्माभिमान जसद्वारा शून्य हुन्छ त्यसैको नाम प्रणव हो । ) तत्पश्चात् यो एकाक्षर ब्रम्हवाचक प्रणव मन्त्रलाई ”चैलाजिनकुशोत्तरं” आसनमा मूलाधारदेखि चित्तपथमा व्याहरन् गर्ने द्धन् । याहरन् (विशेषरूपले आहरण) अर्थात् उच्चारयन् । उत्= ऊध्र्वमा,, चार = चरण, गर्न, अयन = गति, अर्थात् ऊध्र्वगतिमा चलाउने छन्, माथितिर उठाउने छन् । यसैको नाम कुण्डलीनी जागरण हो ।  कसरी जागरण गर्ने ? मामनुस्मरन् = मेरो अणुको  स्मरण गर्दै गर्दै । त्यो कसरी गरिन्छ ? मूलाधारदेखि त्यस कुण्डलीनीलाई ब्रम्हनाडीको ठीक मध्यभागबाट यथोपदिष्ट क्रियामा विस्तारै विस्तिारै उठाएर – (कामपुर चक्रबाट समस्त कामना वा वासनालाई समेटेर, स्वाधिष्ठानमा पुगेर क्रोधलाई समेटेर, मणिपुरको माथि अष्टधा वलयाकार मशहापन्थको गर्भमा भएर लोभलाई समेटेर, अनाहत चक्रलाई भेदन गरेर, मोहलाई समेटेर, विशिुद्ध चक्रभेद गरेर मदलाई समेटेर, आज्ञाचक्र भेद गरेर मत्सरतालाई समेटेर) सहस्रारमा परम शिव माथि आहुति दिनु पर्छ । यस्तो आहुति दिंदाखेरी अ+उ+अ, यी तीन वर्ण मिल्नाले जुन शब्द हुन्छ, त्यो शब्दलाई व्यञ्जन विहीन गर्दै ठीक त्यस्तै प्रकारको एक (तैलधारावत् अविच्छिन्न) ध्वनि उत्पन्न हुन्छ । जब त्यस ध्वनिको उत्पत्ति हुन्छ, त्यसकै साथ साथै गन्ध ज्ञान, रस ज्ञान, रूपज्ञान, स्पर्शज्ञान, शब्दज्ञान मेटिएर एक अभूतपूर्व, अश्रुतपूर्व श्रुति आउने छ । त्यस श्रुतिको ठीक मध्यभागबाट एक अदृष्टपूर्व ज्योति देखिनेछ, त्यस ज्योतिभित्र भवसागरमा घुमिरहने मनले संकोचतालाई परित्याग गरेर विस्तृत विष्णुपदमा व्याप्यव्यापकताशून्य भएर विलय प्राप्त गर्ने छ । यस प्रकारको अवस्था लाभ गरेर देह छोडेर जाँदा परमागतिको प्राप्ति हुन्छ । यस उपदेशलाई जसले श्री श्री सद्गुरुचरणमा आफ्नो शिर राखेको छ उसैले जानेको छ ।

अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ।। १४ ।।

क्रमशः

याे पनि

सबै जीवहरूका अभ्यन्तरमा रहेको 'म' रूपी विद्यमान अवस्था

'योगमाया' अर्थात वासनाः इछाशक्तिको नियन्त्रण र शक्ति त्रिगुणको संयोग

अक्षर ब्रम्ह अर्थात पानीका तीन अवस्था तरल, ठोस र वाष्प

ब्रम्हतत्व के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत केलाई भन्दछन् ? अधिदैव पनि कसलाई भन्दछन् ?

भूतशुद्धिकाे योजना के हाे ? यस जीव उपाधिलाई कसरी परित्याग गर्ने ?