निर्मला हत्या प्रकरण : छ प्रहरी धरौटीमा रिहा

निर्मला हत्या प्रकरण : छ प्रहरी धरौटीमा रिहा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७५

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्वडिएसपी ज्ञानबहादुर सेटीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् । 

डिएसपी सेटी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा चौधरी साउद रिहा भएका हुन् । 

बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको डेढ घन्टामै उनीहरूले तोकेको रकम बुझाएको खबर नयाँ पत्रिका दैनिकमा छ ।