सहारा घरलाई घोडाघोडी नपाको सहयोग

सहारा घरलाई घोडाघोडी नपाको सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  असार १४, २०७७

घोडाघोडी । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित सहारा घरलाई  घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले शनिबार  ६५ हजार रुपैयाँ सहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो ।

नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले  विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिरहेकाहरुलाई सहारा दिएर घर एक उदाहरणीय पात्र बनेको बताउनुभयो । 

सहारा घरका सञ्चालक बलबहादुर विष्टले घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषभि, खानेपानीलगायत विभिन्न समस्या रहेको बारे अवगत गराउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो ।