यस वर्षकाे ‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई

यस वर्षकाे ‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १४, २०७७

काठमाडौँ । काठमाडौँ विश्व विद्यालयअन्र्तगतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले  एक लाख रुपैयाँ राशिको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ । 

सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कार दिने निर्णय गरिएको हो । रु एक लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कार हरेक दुई–दुई वर्षमा दिने गरिन्छ । 

दिवङ्गत शिक्षाविद् तथा फ्रान्सका लागि पूर्व नेपाली राजदूत उप्रेती विसं २०१० मा गठित पहिलो शिक्षा आयोगमा सदस्य सचिवका रूपमा नेपालको शैक्षिक योजना र विकासको जग निर्माणमा क्रियाशील हुनुहुन्थ्यो । शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षासम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदान गर्ने उद्देश्यले विगत १३ वर्षदेखि सो पत्रिका नियमित रूपमा प्रकाशित हुँदै आएको छ ।