अवैध बिँडीसहित तीन पक्राउ

अवैध बिँडीसहित तीन पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार १४, २०७७

बैतडी, असार १४ । हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको  बिँडीसहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन् ।  

उनीहरुलाई दशरथचन्द –८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  भन्सार छली  महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको  टोलीले अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ ।

यसअघि गत जेठ २८ गते  सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० को गस्ती टोलीले दशरथचन्द–६ शेराबाट दुई पेटी बिँडी बरामद गरेको  थियो ।