जलविद्युत् आयोजनामा काम गर्ने मजदूर रामबहादुर  बेपत्ता !

जलविद्युत् आयोजनामा काम गर्ने मजदूर रामबहादुर  बेपत्ता !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७७

सिन्धुपाल्चाेक । नि र्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् ।

भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए । बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।