मदन भण्डारी फाउन्डेशनद्वारा कोषमा  पाँच लाखको चेक हस्तान्तरण

मदन भण्डारी फाउन्डेशनद्वारा कोषमा  पाँच लाखको चेक हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७७

काठमाडाैँ । मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपयाँ  हस्तान्तरण गरेको छ ।

जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले २०७७ असार १४ गते  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयको छलफल कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले सो रकम बराबरको चेक हस्तान्तरण गर्दै यस वर्ष कोरोना महामारी र बन्दाबन्दीका कारण अन्य सार्वजनिक कार्यक्रम नगरिएको र विभिन्न चेतनामूलक र वातावरण संरक्षणसम्बन्धी साताव्यापी कार्यक्रम गरेर जननेताको जन्मजयन्ती मनाइएको बताउनुभयो ।

फाउण्डेशनका सचिव पेम्बा लामाले यस वर्ष फाण्डेशनले प्रदान गर्ने पुरस्कार पनि स्थगन गरिएको जानकारी दिनुभयो ।सो अवसरमा 'आजको दिशाबोध' वार्षिक प्रकाशनको डिजिटलप्रतिको विमोचन पनि गरिएको थियो ।