भलिबलको मुख्य प्रशिक्षकमा सिंह नियुक्त

भलिबलको मुख्य प्रशिक्षकमा सिंह नियुक्त

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १५, २०७७

काठमाडाैँ । नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त हुनुभएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई २०७७ असार १४ गते आइतबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । यही  २०७७ असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरितपत्रमा उल्लेख गरिएको छ ।

सिंह जिल्ला खेलकूद विकास समिति काठमाडौँमा भलिबल प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । विसं २०५२ मा सिंहले सहायक प्रशिक्षकका रुपमा आफ्नो जागिर शुरु गर्नुभएको थियो । सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा हुनुभएको थियो । यसअघि सलिना श्रेष्ठ भलिबलको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । सिंह भलिबलका पूर्व खेलाडी समेत  हुनुहुन्छ ।