पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने

पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १५, २०७७

काठमाडाैं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय असार १५ गते बन्द गरिने भएको छ । पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व। सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उहाँले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत हुनुहुन्थ्यो ।