दैलेखको पिसिआर मेसिन सञ्चालनमा

दैलेखको पिसिआर मेसिन सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १५, २०७७

दैलेख । सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन  गरिएको हो । 

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा  प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गर्नुभएको छ ।  आजदेखि नियमित रुपमा  पिसिआरबाट कोरोना  परीक्षण गरिने स्वास्थ्य सेवा  कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिनुभयो । दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् ।