आगलागीबाट दश लाखको क्षति

आगलागीबाट दश लाखको क्षति

लोकसंवाद संवाददाता  |  समाज  |  असार १५, २०७७

नवलपरासी । बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब रु दश लाखको क्षति भएको छ । विद्युत् सर्ट हुँदा आज बिहान यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । पसलको सटरबाट धुवाँ निस्किरहेको देखेपछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए । आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताउनुभयो । स्थानीयवासीको सहायतामा आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो ।