न्यूजिल्यान्डको मस्जिदमा आक्रमण, बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो

न्यूजिल्यान्डको मस्जिदमा आक्रमण, बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७५

 न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको समाचार छ । साथै यस घट्नामा २० जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार बिहान भएको यस घट्नालाई  न्यूजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले 'कालो दिनु बताउँदै यस घटनालाई आतङ्ककारी हमला' मात्रै भन्न नसकिने बताइन्।

प्रत्यक्षदर्शीले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।
सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान अनुरोध  गरेको छ ।

न्यूजिल्यान्डका प्रहरी प्रमुख माइक बुशले यस घटनामा एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताएका छन् । उनका अनुसार यस घटनामा अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट हुन सकेको छैन । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार मध्ये एक जना अस्ट्रेलियन नागरिक भएको र उ 'अतिवादी दक्षिणपन्थी आतङ्ककारी'भएको बताएका छन्।

स्थिति अझै अस्पष्ट

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभइसकेको बताएकी छन्।

उनले भनिन्, 'अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।'

अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,'पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।'
'मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।'

घटनामा कति आक्रमणकारी सम्लग्न थिए भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका थिए ।

बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो

बाङ्ग्लादेशी टेस्ट क्रिकेट टिमका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन्।

 आक्रमण हुँदा बाङ्ग्लादेशी टिमका सदस्य अल नूर मस्जिदमा नमाज पढ्दै थिए।

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेको र आफ्नो सम्पर्कमा रहेका जनाएको छ। भोली शनिवारदेखि न्यूजिल्यान्ड तथा बाङ्ग्लादेशी टिमले खेल्ने टेस्ट म्याच स्थगित गरिएको छ । 

यसै बीच समाचार लेख्दा लेख्दै बाङ्ग्लादेशी टिम न्यूजिल्यान्डको भ्रमण रद्ध गरी स्वदेश फर्कने समाचार प्राप्त भएको छ ।

अक्रमणकारीले यस घट्नाको फेसबुक तथा इन्सटाग्राममा लाइभ प्रशारण गरेका थिए । यी भिडियो शोशल मिडियामा प्रशारित हुन थालेपछि फेसबुकले यी भिडियोहरु हटाएको छ ।