सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७७

काठमाडाैं । राष्ट्रियसभा बैठकले 'सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको थियो ।

बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको 'नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्' भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।