बैठकमा व्यवस्थापन सम्बन्धी प्रतिवेदन पेश

बैठकमा व्यवस्थापन सम्बन्धी प्रतिवेदन पेश

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७७

काठमाडाैं । राष्ट्रियसभा बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले 'राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७' सभा समक्ष पेश गर्नुभयो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६, खेलकूद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ दिउँसो १ बजे बस्नेछ ।