अनाथ बालबालिकालाई  भत्ता दिइने

अनाथ बालबालिकालाई  भत्ता दिइने

लोकसंवाद संवाददाता  |  समाज  |  असार १५, २०७७

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि  तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ सा कार्यक्रम पालिकाले अगाडि बढाएको हो । पालिका गत  आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । 

भत्ताका लागि पालिकाका ६ वटै वडाका ६५  अनाथ बालबालिका छनोटमा परेका छन् । संरक्षकविहीन बालबालिकाका लागि विनियोजित बजेटबाट पुग्ने गरी भत्ता दिने तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले बताउनुभयो । अबको केही दिनमा अनाथ बालबालिकालाई भत्ता वितरण गरिने उहाँको भनाइ छ ।