विश्वको सबैभन्दा अग्लो स्थानमा निर्वाचन

विश्वको सबैभन्दा अग्लो स्थानमा निर्वाचन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७५

काठमाण्डौ । भारतमा आगामी अप्रिल महीनामा हुन गइरहेको आम चुनावमा टशीगंग भन्ने स्थानले चर्चा पाएको छ । 

भारतको हिमांचल प्रदेश राज्यको लाहौल स्पीति जिल्ला स्थित स्पीति उपत्यका क्षेत्रमा पर्ने टशीगंग समुद्रतल देखि उचाईले गर्दा चर्चामा आएको हो । 

हुन गईरहेको चुनावमा टशीगंग विश्वकै सबैभन्दा अग्लो स्थानमा ‘पोलिंग बुथ’ हुने कारणले चर्चामा आएको हो । 

चीनको सिमाना भन्दा जम्मा १० किमि वर १५ हजार २ सय ५६ फिट अग्लो टशीगंगमा पहिलो पटक ‘पोलिंग बुथ’ राखिएको छ । 

स्पीतिको मुख्यालय काजाबाट झण्डै ३५ किमि टाढा टशीगंगमा अहिले पनि तीन फीट हिउँ जमेको छ । 

यस मतदान केन्द्रमा जम्मा ४९ जना मतदाता रहेका छन्, यसमध्ये २९ जना पुरुष र २० जना महिला मतदाता छन् । मतदाता मध्ये सबैभन्दा जेठा ७८ वर्षिय रिगजिन छन् भने १९ वर्षिय कलजंग सबैभन्दा युवा मतदाता हुन् । 

यस मतदान केन्द्रमा टशीगंग तथा गेते गाउँका मतदाताले भोटिंग गर्ने छन् । यो भन्दा पहिले यहाँका मतदाताले मतदान गर्न १२ किमि टाढाको मतदान केन्द्र पुग्नु प¥थ्यो । 
यहाँ निर्वाचनको सातौं चरणमा १९ मे का दिन निर्वाचन हुनेछ । 

काजाका कार्यकारी एडीएम जीवन सिंहले मतदान केन्द्रलाई विशेष रुपमा सजाउने बताएका छन् । यस क्षेत्रका मतदाता परम्परागत पोशाकमा सजिएर मतदान गर्न आउने गर्छन् ।