धान दिवसको उपलक्ष्यमा हात्तीडाँडा समाजद्वारा समाजसेवीहरू सम्मानित

धान दिवसको उपलक्ष्यमा हात्तीडाँडा समाजद्वारा समाजसेवीहरू सम्मानित

लोकसंवाद संवाददाता  |  समाज  |  असार १५, २०७७

काठमाडौँ । हात्तीडाँडा समाज गोठाटारले असार १५ तथा राष्ट्रिय धान दिवस सम्भव भएसम्म सामाजिक  दुरी कायम गरी एक कार्यक्रमका विच २०७७ असार १५ गते सोमबार मनाएको छ।

प्रमुख अथिती स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत,  अथितीहरू कागेश्वरी मनोहरा नपा वडा नं.९ का वडाध्यक्ष कुन्दन खड्का, नेपाल ल क्यापसका प्रमुख तथा समाजका सल्लाहकार डाक्टर डिएन पराजुली, सल्लाहकार  आननन्दराज आचार्य,  अलकापुरी नगरका पुर्व अध्यक्ष विष्णु कार्की, समाजका उपाध्यक्ष कुमार कार्की, टोल संयोजकहरू क्रमशः बाबुराम ढकाल, कुमार गौतम, विश्वरूप शर्मा र हिराकाजी बस्नेत लगाएतको उपस्थितिमा समाजका सम्पुर्ण सदस्यहरू विच सामुहिक रूपमा दही चिउरा खाने कार्यक्रमकाे अयोजना  गरिएको  थियाे ।

उक्त कार्यक्रममा राज्यमन्त्री राउतले कोभिड-१९ ले विश्वमा अर्थतन्त्र, स्वास्थ्य र अन्यक्षेत्रमा गम्भीर असर गरे पनि नेपालको कृषि  उत्पादनमा भने केही वृद्धि हुने प्रक्षेपणले देखाएको बताउनु भएको थियाे  ।उत्पादनका प्रमुख कारण लक डाउन, रोजगारको शिल-शिलामा भारत गएका नागरिक आउनु र शुरूवाती मौसम राम्रो हुनु रहेको बताउनु भयो ।

हात्तीडाँडा क्षेत्रको आर्थिक सामाजिक विकासका लागि  योगदान गर्नुहुने समाजसेवीहरू  राममाया थापा, देवेन्द्र भट्टराई, अर्जुन न्यौपाने, शान्त्वना रेग्मी, पार्वती विष्ट, विना दाहाल, राजन दाहाल र गिता बस्नेत लगाएतका व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे । उक्त समाराेहलाई सम्बाेधन गर्दै अर्का अथिती वडाध्यक्ष कुन्दन खड्काले हात्तीडाँडा क्षेत्रको समग्र विकासमा स्थानीय सरकार लागेको र यहाँको आवश्यक्ता र माग बमोजिम खानेपानी, ढल र बाटोको समस्या समाधानका लागि नगरपालिकाले २ करोड २० लाखको डेण्डर  भइसकेकाे जानकारी गराउनु भएकाे थियो । 

समाजका अध्यक्ष गणेश थापाको अध्यक्षता महासचिव राजु कटुवालको संचालन तथा हिराकाजी बस्नेतको संयोजनमा भएको कार्यक्रममा इजरायलको उदारण दिँदै अध्यक्ष थापाले भन्नुभयो -५ प्रतिशत आधुनिक कृषकले इजायलका ९५ प्रतिशत जनतासँगै देशलाई नै आत्मनिर्भर बनाएको छन्  । तर ६२ प्रतिशत नेपालीहरू संम्लग्न कृषकले नेपाललाई अहिलेसम्म आत्मनिर्भर वनाउन नसकेको दृष्टान्त पेश गर्दै भन्नुभयो अव नेपालले असार १५ लाई नेपालका किसानको पिरमर्का बुझ्ने, सम्बोधन गर्ने र उनिहरूलाईनै समर्पण गर्ने दिनका रूपमा विकास गर्दै किसानको हकहित र सम्मानका लागि सार्वजनिक विदा दिएर उत्सवका रूपमा मनाउन सरकारसँग माग  समेत गर्नुभएको थियाे ।