६५ लाख रुपयाँ सहित बाटोमा हिँड्दै गरेका शङ्कर सिंह  र  रमेश सिंह पक्राउ !

६५ लाख रुपयाँ सहित बाटोमा हिँड्दै गरेका शङ्कर सिंह  र  रमेश सिंह पक्राउ !

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १६, २०७७

काठमाडाैँ । नेपाल प्रहरीले स्रोत नखुलेको  ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको  जनाएको छ ।

महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई २०७७ असार १५ गते साेमबार  काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग  दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।